IME Life
Beema Board

नेशनल लाइफका सिइओ खत्रीको वार्षिक तलब सुविधा ७८ लाख, शेयरधनीले कति पाउदै छन् ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको वार्षिक तलब सुविधा ७८ लाख ९१ हजार रुपैयाँ रहेको छ । खत्रीले आर्थिक वर्ष २०७७/७८ मा तलब भत्ता बापत ६६ लाख ३० हजार रुपैयाँ बुझेका छन् भने नियम अनुसार कर्मचारी बोनस बापत १२ लाख ६० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नेशनलले यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा बोनस बापत एक करोड १० लाख रुपैयाँ भुक्तानी गरेको थियो । यसमा खत्रीले केहि मात्रै प्राप्त गरेका थिए  भने बाकी रकम अघिल्लो सिइओले प्राप्त गरेका थिए ।

Prabhu
Crest

आर्थिक वर्ष २०७७/०७८ मा संचालक समितिका सदस्यहरुलाई (उपसमितिको वैठकको भत्ता समेत गरी) वैठक भत्ता वापत जम्मा १८  लाख २७ हजार ५०० रुपैयाँ भुक्तानी गरिएको छ । ब्यवस्थापनका अन्य पदाधिकारीहरुलाई जम्मा पारिश्रमिक र भत्ता वापत  एक करोड ४६ लाख रुपैयाँ भुक्तानी दिइएको छ ।

त्यस्तै शेयरधनीहरुका लागि पनि १५ प्रतिशतका तरले बोनस शेयर दिने भएको छ । कम्पनीले चुक्ता पूँजी ४ अर्ब तीन करोडको १५ प्रतिशतले बोनस शेयर बापत ६० लाख ५२ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि तीन करोड १८ लाख रुपैयाँ नगद लाभांश दिदैछ । लाभांश अनुमोदन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS