IME Life
Beema Board

कुन विकास बैंकले कति गरे लाभांश प्रस्ताव ? पछिल्लो बजार मूल्य अनुसार कुनमा सर्वाधिक प्रतिफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंक मध्ये ३ विकास बैंकले लाभांश घोषणा गरेका छन् । लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र गरिमा विकास बैंकले लाभांश घोषणा गरेका छन् । ३ विकास बैंक मध्ये गरिमा विकास बैंकले सर्वाधिक लाभांश घोषणा गरेको छ । बैंक संचालक समिति बैठकले १३ प्रतिशत बोनस शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश गरी जम्मा १४ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै,  शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरी १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै लुम्बिनी विकास बैंकले ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत नगद लाभांश गरी जम्मा १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Prabhu
Crest

कुन विकास बैंकको डिभिडेण्ड इल्ड राम्रो ?
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १४ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा पछिल्लो बजार मूल्य ३४१ रहेको छ । यसको आधारमा हेर्दा डिभिडेण्ड इल्ड ४ दशमलव ११ प्रतिशत छ । तीन कम्पनीको बजार मूल्य र कम्पनीहरुले प्रस्तावित लाभांशलाई हेर्दा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको डिभिडेण्ड इल्ड सर्वाधिक छ ।

त्यस्तै गरिमा विकास बैंकले १४ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेकोमा पछिल्लो बजार मूल्य ३८६ रहेको छ । यसको आधारमा हेर्दा डिभिडेण्ड इल्ड ३ दशमलव ७६ प्रतिशत छ ।

लुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा पछिल्लो बजार मूल्य ३३६ दशमलव १० रहेको छ । यसको आधारमा हेर्दा डिभिडेण्ड इल्ड ३ दशमलव ५७ प्रतिशत छ ।

माथि उल्लेखित ३ विकास बैंकहरु कसैले पनि यो समाचार तयार पार्दासम्म बुक क्लोजको मिति तय गरेका छैनन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरे पछि मात्र शेयरधनीले प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

17%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS