SKIP THIS

GBIME
IME Life
Beema Board

मर्जर प्रक्रियामा रहेका रिलायन्स र सानिमा लाइफ मध्ये कुन उत्कृष्ट ? हेर्नुहोस तुलनात्मक अध्ययन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । दुवै कम्पनीले आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन:

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड रहेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब  रहेको छ ।

जगेडा कोषको आधारमा :
रिलायन्स लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड रुपैयाँ संचित छ भने सानिमा लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ९३ करोड हुँदा सानिमा लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड रहेको छ ।

बीमा शुल्क आर्जन :
रिलायन्स लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म ७२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने सानिमा लाइफ इन्स्योरेन्सले ५४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
रिलायन्स लाइफले १३ करोड १७ लाख खुद मुनाफा गरेकोमा सानिमा लाइफ इन्स्योरेन्सको खुद मुनाफा ५ करोड ०६ लाख रुपैयाँ रहेको छ । यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

दावी भुक्तानीको आधारमा :
आर्थिक वर्ष ७९/८० को ३ महिनामा रिलायन्स लाइफले २७ करोड खुद दावी भुक्तानी गर्दा सानिमा लाइफले १४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ।

वार्षिक प्रति शेयर आम्दानी :
रिलायन्स लाइफको वार्षिक प्रति शेयर आम्दानी २५ रुपैयाँ १० पैसा हुँदा सानिमा लाइफको १० रुपैयाँ १४ पैसा छ।

किताबी मूल्य :
रिलायन्स लाइफको प्रति शेयर नेट्वर्थ(किताबी मूल्य ) १२० रुपैयाँ १३ पैसा हुँदा सानिमा लाइफको ११६ रुपैयाँ ९३ पैसा छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS