IME Life
Beema Board

राजनीतिक अस्थिरताका कारण शेयर बजारमा गिरावट,१२४ कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज दोस्रो कारोबारमा पनि गिरावट आएको हो । चुनावी माहोलमा राजनीतिक अस्थिरताका कारण आजको दोस्रो कारोबारमा पनि लगानीकर्ताहरुमा उत्साह देखिएन् ।  हिजो पनि शेयर बजार घटेको थियो । आज पनि शेयर बजारमा लगानीकर्ता निरुसाहित भएका छन् । आज बजार ७ दशमलव ७२ अंकले घटेर १,९२१ दशमलव ९९ को विन्दुमा कायम भएको छ ।

आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड २२ लाख ९३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको ६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिभिल बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्ट्याण्र्डर्ट चार्टर्ड बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS