IME Life

बीमा कम्पनीको सञ्चालक, सिइओ र एक प्रतिशत भन्दा धेरै शेयर खरिद गर्नेलाई प्रहरी रिपोर्ट अनिवार्य

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नु अगाडी अनिवार्य प्रहरी रिपोर्ट पेश गर्नु पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सम्पुर्ण कम्पनीहरुलाई निर्देशन जारी गर्दै बीमकका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी उपयुक्तताको परीक्षण ‘फिट एण्ड प्रपर टेष्ट’ अनिवार्य गर्नु पर्ने व्यवस्था गरेको हो ।

यस भन्दा अगाडी बीमा कम्पनीको  सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु अगाडी यस्तो रिपोर्टको व्यवस्था थिएन । अपराधिक कृयाकलापमा संलग्न भएको व्यक्तिलाई बीमा कम्पनीमा संलग्न हुन नदिन यस्तो व्यवस्था गरिएको हो ।

Prabhu
Crest

विभिन्न अपराधिक कृयाकलापमा संलग्न व्यक्ति बीमा जस्तो पब्लिक लिमिटेड कम्पनीमा संलग्न हुनु गैरकानुनी हो । प्रचलित कानुनमा अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति सञ्चालक तथा सिइओ हुन नपाउने स्ष्ट व्यवस्था छ । तर बीमा प्राधिकरणले पुलिस रिपोर्टलाई नै अनिवार्य गरिदिएको छ ।

यसका साथै एक प्रतिशत भन्दा बढीको संस्थापक शेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरिदकर्ताले प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछ । एक प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनी प्रमुख शेयरधनीभित्र पर्दछ । यसरी कम्पनीको प्रमुख शेयरधनी नै अपराधिक क्रियाकलापमा संलग्न हुनु राम्रो होइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS