IME Life
Beema Board

नेपाल लाइफको २२औं वार्षिक साधारण भोलि, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA
Sanima Reliance

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२औं वार्षिक साधारण सभा मंसिर ८ गते हुँदैछ । कम्पनीको कार्तिक ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ९ बजे होटल भिष्वा विरगंजमा हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरिसकेको छ । त्यसकारण कात्तिक १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक कार्य प्रगति विवरण पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/ ७८ को नाफा नोक्सान, हिसाव, नगद प्रवाह,वित्तीय विवरण लगायतका विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको लेखापरीक्षण समितिले गरेको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८ /७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारीश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ ।

त्यस्तै, सभामा संचालक समितिले गरेको स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS