IME Life
Beema Board

प्रथम त्रैमासमा महिला लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिमा १ करोड ५९ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस आर्थिक वर्षमा कम्पनीको खुद नाफा ५१ दशमलव १४ प्रतिशतले कम भएको हो । गत आर्थिक वर्षको यस अवधिसम्म कम्पनीले ३ करोड २७ लाख खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा पनि ५१ दशमलव १४ प्रतिशत नै घटेको छ । गत आर्थिक वर्षमा ४ करोड ६७ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस आर्थिक वर्षमा वर्षमा २ करोड २८ लाख मात्र उक्त नाफा गरेको हो ।

Prabhu
Crest

कम्पनीको खुद सञ्चालन आम्दानी गत आर्थिक वर्ष भन्दा करिब १६ प्रतिशत कम भएकाले सञ्चालन नाफा र खुद नाफामा असर परेको हो । गत आर्थिक वर्षमा ८ करोड ८० लाख खुद सञ्चालन आम्दानी गरेको कम्पनीले यस आर्थिक वर्षमा ७ करोड ४० लाख सञ्चालन आम्दानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १४ करोड ७५ लाख छ । रिटेन्ड अर्निङ ५ दशमलव ५९ प्रतिशतले बढेर १५ करोड ६२ लाख बढी छ । कम्पनीको जगेडा कोष रकम गत आर्थिक वर्ष भन्दा ६ दशमलव ३८ प्रतिशत बढेर १२ करोड ६९ लाखभन्दा बढी कायम भएको छ ।

गत आर्थिक वर्ष भन्दा करिब ३ प्रतिशतले निक्षेप संकलन बृद्धि भएको छ । यस अवधिमा निक्षेप संकलन १ अर्ब ३७ करोड ७६ लाख गरेको छ । यस अवधिमा २ अर्ब ८० करोड ५८ लाखभन्दा बढी कर्जा सापटी लिएको छ । यस आवमा कम्पनीको कर्जा सापटी भने ४ दशमलव ८९ प्रतिशत बढी ४ अर्ब ६१ करोड छ ।

गत आवमा ३ दशमलव शून्य ५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस आवमा घटेर २ दशमलव ७७ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू।४३ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २९२ रुपैयाँ शून्य ३ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS