SKIP THIS

GBIME
IME Life
Beema Board

जीवन बीमा कम्पनीको लगानी रु‍‍. ५ खर्ब नजिक, नेपाल लाइफको सर्वाधिक डेढ खर्ब हुँदा कसको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको लगानी झण्डै ५ खर्ब रुपैयाँ नजिक पुग्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ४ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस मध्ये सर्वाधिक धरै नेपाल लाईफको मात्रै एक खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जीवन बीमा उद्योगको कुल लगानी मध्ये नेपाल लाइफकै हिस्सा ३० प्रतिशत माथि छ ।

यस पछि दोस्रो ठूलो लगानी एलआइसी नेपालको छ । एलआसीले असोज मसान्तसम्ममा ७८ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेको छ । लगानीकाे हिसाबमा एलआइसीको मात्रै बजार हिस्सा १५.७८ प्रतिशत छ । नेपाल लाइफ र एलआइसीको लगानी जोड्यो भने पुरै जीवन बीमा कम्पनीकै झण्डै आधा भाग ओटेका छन् ।

Prabhu
Crest

तेस्रो ठुलो लगानी नेशनल लाईफको छ । नेशनलले ४९ अर्ब १८ करोड लगानी गर्दा ९.८८ प्रतिशत हिस्सा ओगटेको छ । नेशनल पछि चौथो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले ४१ अर्ब ७० करोड लगानी गरेको छ । संस्थाले कूल लगानीको ८.३८ प्रतिशत हिस्सा ओगटेको छ । पाँचौ‌ं स्थानमा रहेको एशियन लाईफको ३१ अर्ब ५२ करोड लगानी रहेको छ भने मेट लाइफको २४ अर्ब ४४ करोड मात्रै छ ।

सबैभन्दा कम लगानी महालक्ष्मी लाईफको ४ अर्ब ४४ करोड मात्रै छ । नयाँ जीवन बीमा कम्पनीहरुले व्यवसायमा आक्रामक सुधार गरे पनि लगानीको क्षेत्रमा पुरानालाई उछिन्न सकेका छैनन् । अधिक कमिशन दिएर व्यवसाय भित्र्याउन सफल देखिए पनि व्यवस्थापन खर्च र कमिशन वापत ठूलो रकम बाहिरिने हुँदा लगानीको आकार बढ्न नसकेको हो ।

कुन क्षेत्रमा कति

जीवन बीमा कम्पनीहरुले सर्वाधिक धेरै वाणिज्य बैंकको मुदद्ती निक्षेपमा लगानी गरेका छन् । बीमा कम्पनीहरुले सुरक्षित लगानीको रुपमा वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने गरेका छन् । यसको हिस्सा ६७.३८ प्रतिशत छ । कम्पनीले तीन खर्ब ३५ अर्ब वाणिज्य बैंकको मुद्दतीमा लगानी गरेर राखेका छन् । बीमा कम्पनीहरुले अहिले यस्तो लगानीबाट राम्रो आम्दानी गरिरहेका छन् । दोस्रो धेरै लगानी विकास बैंकको मुद्दती निक्षेपमा छ । यस क्षेत्रमा जीवन बीमा कम्पनी ८.६६ प्रतिशत लगानी रहेको छ ।

त्यसपछिको लगानी कम्पनीहरुको अग्राधिकार शेयर तथा ऋणपत्रमा गरेका छन् । यस्तो लगानीको हिस्सा ६.३७ प्रतिशत छ । कम्पनीहरुले नेपाल सरकारको बचतपत्रमा २ अर्ब १४ करोड लगानी गरेका छन् । बीमा कम्पनीहरुले घरजग्गामा लगानी गर्न पाउने भए पनि निक्षेपकाे तुलनामा उच्च जाेखिम तथा तत्कालै नगदमा रूपान्तरण गर्न नसकिने भएकाले यस क्षेत्रमा अग्रसर देखिदैनन् । यस क्षेत्रबाट राम्रो लाभ लिन सकिन्छ । यस क्षेत्रमा जम्मा ३६ करोड रूपैयाँ मात्रै छ ।

कम्पनीहरुले शेयर बजारमा ९ अर्ब ४५ करोड रूपैयाँ लगानी गरेका छन् । यस्तो लगानी कूल लगानीको १.८९ प्रतिशत मात्रै हो । केही समय अगाडी नेपाल बीमा प्राधिकरण (बीमा समिति) ले कृषि पर्यटन र जलस्रोतमा लगानी बढाउन निर्देशन दिए पनि यस क्षेत्रमा लगानी बढाउन सकेको देखिदैन । जीवन बीमा कम्पनीहरुले यस क्षेत्रमा ७ अर्ब १९ करोड रूपैयाँ लगानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS