SKIP THIS

GBIME
IME Life
Beema Board

उच्च बैंक व्याजदरको फाइदा जीवन बीमा कम्पनीको मुनाफामा, ५८ प्रतिशतले बढ्दा कसको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उच्च बैंक व्याजदरको फाइदा जीवन बीमा कम्पनीहरुको मुनाफामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले ५८ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । यस वर्ष बैंकको व्याजदर सर्वाधिक माथि छ । बीम कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले सर्वसाधारण निक्षेप भन्दा एक प्रतिशत कम दिन निर्देशन दिए पनि बैंकहरुले बैंकहरु सँग वार्गेनिङ गरेर राम्रो व्याजद लिइरहेका छन् ।

बीमा कम्पनीहरुको अपरिष्कृत वित्तीय विवरण अनुसार तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीको मुनाफा एक अर्ब ७१ करोड रुपैयाँ छ । कम्पनीहरुले गत वर्षको यहि अवधिमा एक अर्ब ८ करोड रुपैया खुद नाफा आर्जन गरेका थियो । कम्पनीहरुले सार्वजनिक गरेको यस्तो मुनाफा एक्चुरियल मूल्याङ्कन र लेखापरीक्षण पछि धेरै नै फरक पर्न आउछ ।

Prabhu
Crest

यद्यमी अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा धेरै मुनाफा ज्योति लाइफले गरेको छ । कम्पनीले यस वर्ष १३३ प्रतिशतले मुनाफा बढाएर २१ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो धेरै मुनाफा सूर्या लाइफको छ । सूर्या लाइफको मुनाफा ८२ प्रतिशतले बढेर २० करोड ७३ लाख रुपैयाँ पुगेको छ । यि दुबै कम्पनी मर्जरको अन्तिम अवस्थामा छन् । एकिकृत कारोबारको दिन मात्रै घोषणा गर्न बाँकी छ ।

तेस्रो धेरै मुनाफा नेपाल लाइफको छ । नेपाल लाइफको मुनाफामा उल्लेख्य बृद्धि भएको छ । यस अवधिमा कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । शेयर बजारमा गिरावट आए सँगै नेपाल लाइफ सहित धेरै कम्पनीको मुनाफामा असर परेको छ । शेयर बजार लगातार ओरालो झरेका कारण बीमा कम्पनीहरुले प्रोभिजनिङ गरिरहेका छन् । यसरी बैंक व्याजदर बढ्दा व्याज आम्दानी बढे पनि शेयर बजार गिरावट भएर लागत मूल्य भन्दा तल झरे सँगै प्रोभिजनिङले नाफामा असर गरिरहेको छ ।

चौथो धेरै मुनाफा सन नेपाल लाइफको छ । कम्पनीले १५ करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आवधिक जीवन बीमाबाट कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको छ । त्यस्तै रिलायन्स लाइफले पनि २१७ प्रतिशतले नाफा बढाउदै १३ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ ।

नेशनल लाइफले ११ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत वर्षको भन्दा ३५ प्रतिशतले बढि हो । एशियन लाइफले ११ करोड ७० लाख मुनाफा आर्जन गरेको छ । अन्य कम्पनीहरुको मुनाफा क्रमश रिलायबल नेपाल १० करोड, मेट लाइफ ८ करोड ९३ लाख, सिटिजन लाइफ ७ करोड तीन लाख, आइएमई लाइफ ६ करोड ७६ लाख, गुराँस लाइफ ६ करोड ३५ लाख आर्जन गरेको छ ।

तर प्राइम लाइफ, युनियन लाइफ र एलआइसी नेपालको भने घटेको छ । प्राइम लाइफको मुनाफा ५७ प्रतिशतले घटेर ५ करोड २५ लाख रुपैयाँमा झरेको छ । युनियन लाइफको मुनाफा १९ प्रतिशतले घटेर २ करोड ७८ लाख रुपैयाँ र एलआइसी नेपाल भने ५९ लाख २९ हजार रुपैयाँ नोक्सानमा देखिएको छ । एलआइसी नेपालले शेयर बजारमा भएको नोक्सानीलाई प्रोभिजनिङ गरेको हो । यदि शेयर बजार सुधार भयो भने यस्तो प्रोभिजनिङ स्वतः हट्नेछ ।

बीमा कम्पनीहरुले ८० प्रतिशत लगानी बैंकहरुकै मुद्दती निक्षेपमा गर्ने भएकाले अहिलेको समयमा बीमा कम्पनीहरुको मुनाफा स्वभाविक रुपमा अधिक रहन्छ । जव व्याजदर तल झर्छ त्यतिवेला बीमा कम्पनीहरुको मुनाफा धेरै नै तल झर्छ । बीमा कम्पनीहरुले बैंक बाहेक अन्य सुरक्षित क्षेत्रमा लगानी गर्न नसक्दा यस्तो अवस्था आएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS