IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क ७५ प्रतिशतले घट्दा समग्र वित्तीय अवस्था कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता भएको कम्पनीको जगेडा कोषमा ४३ करोड ३१ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा ४० अर्ब २४ करोड ७२ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ३७ अर्ब १४ करोड ३९ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ११ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ४ अर्ब ५३ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क ७५ प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीले ७६ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी १९ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS