IME Life

सन नेपालको नाफा ३ गुणाले बढ्यो, व्यापार विस्तारमा पनि आक्रामक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ८२ करोड ४७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ४८ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा  ४३ दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १५ करोड ३ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ५ करोड २ लाख मात्र नाफामा थियो । नाफा  ३ गुणाले वृद्धि भएको छ ।

SKYWELL
Crest

२ अर्ब २४ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ६० करोड ४८ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ७० प्रतिशतले बढेको छ । 

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ४८ दशमलव  ९७ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ९६ करोड पुगेको छ ।

कम्पनीका अनुसार कम्पनीले २४ करोड ३० लाख खुद दावी भुक्तानी गरेको छ भने ३७ लाख ८ हजार दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS