IME Life
Beema Board

रिलायन्स लाइफको नाफामा उत्साहजनक वृद्धि, करिव ४ अर्बको जीवन बीमा कोष

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ७२ करोड ९९ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ५५ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा  शून्य दशमलव ७६ प्रतिशतको गिरावट देखिएको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १३ करोड १७ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ४ करोड १५ लाख मात्र नाफामा थियो । नाफा २१७ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

२ अर्ब १० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ३६ करोड ९५ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ४० प्रतिशतले बढेको  छ । 

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ३० दशमलव ३० प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ९३ करोड पुगेको छ ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ १० पैसा र प्रति शेयर नेट्वर्थ १२० रुपैयाँ १३ पैसा छ ।

कम्पनीका अनुसार कम्पनीले २७ करोड ६१ लाख खुद दावी भुक्तानी गरेको छ भने ३८ करोड ८३ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

0%

दु :खी

13%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS