SKIP THIS

GBIME
IME Life
Beema Board

आइएमई लाइफले संकलन गर्यो ८४.३१ करोड खुद बीमा शुल्क, बीमा कोषमा ५ अर्ब १६ करोड संचिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ८४ करोड ३१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड २४ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा ६ दशमलव ४० प्रतिशतको वृद्धि देखिएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ६ करोड ७६ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ४ करोड ३६ लाख मात्र नाफामा थियो । नाफा ५४ दशमलव  ९३ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ८३ करोड ७६ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ६२ प्रतिशतले बढेको छ । 

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ५२ दशमलव ९६ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब १६ करोड पुगेको छ ।

कम्पनीका अनुसार कम्पनीले २७ करोड ५७ लाख खुद दावी भुक्तानी गरेको छ भने २ करोड ७२ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%

खुसी

0%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS