SKIP THIS

GBIME
IME Life
Beema Board

महालक्ष्मी लाइफको जगेडा र जीवन बीमा कोष ५० प्रतिशत भन्दा धेरैले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ३९ करोड ८४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  ३२ करोड ५२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा २२ दशमलव ५१ प्रतिशतको वृद्धि देखिएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ३ करोड २६ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी २ करोड ५४ लाख मात्र नाफामा थियो । नाफा  २८ दशमलव २१ प्रतिशतले २१ वृद्धि भएको छ ।

Prabhu
Crest

२ अर्ब १० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ३१ करोड ७४ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ५१ दशमलव ९२ प्रतिशतले बढेको छ । 

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ५६ दशमलव ३४ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ४० करोड पुगेको छ ।

कम्पनीका अनुसार कम्पनीले ६ करोड २९ लाख खुद दावी भुक्तानी गरेको छ भने २ करोड १० लाख दावी भुक्तानी गर्न बाँकी छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS