SKIP THIS

GBIME
IME Life
Beema Board

युनियन लाइफको जीवन बीमा कोष ४३ प्रतिशतले बढेर १२ अर्ब ३२ करोड पुग्यो  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा  १ अर्ब ८६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  १ अर्ब  ८३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा  १ दशमलव ९० प्रतिशतको वृद्धि देखिएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी  २ करोड ७८ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ३ करोड ४४ लाख मात्र नाफामा थियो । नाफा  १९ दशमलव २७ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

२ अर्ब १५ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा १ अर्ब ३३ करोड संचित छ । समिक्षा अवधिमा जगेडा कोष  १८ दशमलव ३६ प्रतिशतले वृद्धि भएको  छ । 

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ४३ दशमलव ६४ प्रतिशतले वृद्धि हुँदै १२ अर्ब ३२ करोड पुगेको छ ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ १८ पैसा र प्रति शेयर नेट्वर्थ १६८ रुपैयाँ ८९ पैसा छ ।

कम्पनीका अनुसार कम्पनीले  ६१ करोड ८४ लाख खुद दावी भुक्तानी गरेको छ भने ८९ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS