IME Life
Beema Board

कुशलता प्रदर्शन गर्दै सिटिजन लाइफ, बीमा कोष ५६% ले बढेर ६ अर्ब ६३ करोड पुग्यो 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा १ अर्ब ३७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा १२ दशमलव ८० प्रतिशतको वृद्धि देखिएको छ । 

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ७ करोड ३ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ६ करोड २२ लाख मात्र नाफामा थियो । नाफा १२ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

१ अर्ब ७५ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ९३ करोड ४९ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष २२ दशमलव ०८  प्रतिशतले वृद्धि भएको  छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ५६ दशमलव २४ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ६३ करोड पुगेको छ ।

कम्पनीका अनुसार कम्पनीले ४० करोड ५३ लाख खुद दावी भुक्तानी गरेको छ भने ३२ करोड ४७ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%

खुसी

4%

दु :खी

8%

अचम्मित

16%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS