IME Life
Beema Board

एशियन लाइफको नाफा २१ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ३३ अर्ब माथि 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा १ अर्ब ६४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७  करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा ४ दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ । 

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ११ करोड ७० लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ९ करोड ६२ लाख मात्र नाफामा थियो । नाफा २१ दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ ।

२ अर्ब ५३ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ६८ करोड ९० लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ३० प्रतिशतले घटेको छ । आ.व. ०७७/७८ को मुनाफाबाट बितरण भएको बोनस शेयर असोज मसान्तसम्ममा सूचिकृत नभएकाले कम्पनीले प्रकाशित वित्तिय विवरणमा चुक्ता पूँजीमा समावेस गरेको छैन् ।

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष २० दशमलव ३२ प्रतिशतले वृद्धि हुँदै ३३ अर्ब ६३ करोड पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ४४ पैसा रुपैयाँ र प्रति शेयर नेट्वर्थ १३२ रुपैयाँ ९८ पैसा छ ।

कम्पनीका अनुसार कम्पनीले ४६ करोड ६५ लाख खुद दावी भुक्तानी गरेको छ भने ५ करोड ८८ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS