IME Life
Beema Board

आधारभूत रुपमा बलियो हुँदै प्रभु लाइफ, जीवन बीमा कोष र जगेडामा आकर्षक वृद्धि 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ५१ करोड २१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६३ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा ७ दशमलव ९३ प्रतिशतको गिरावट देखिएको छ । 

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ३ करोड ३९ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ३ करोड ३१ लाख मात्र नाफामा थियो । नाफा २ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

२ अर्ब चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ५२ करोड ७५ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष २४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ४० दशमलव ६६ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब २४ करोड पुगेको छ ।

कम्पनीका अनुसार कम्पनीले २१ करोड ६ लाख खुद दावी भुक्तानी गरेको छ भने ५० लाख दावी भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित तथ्याङ्क अनुसार प्रति शेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा र प्रति शेयर नेट्वर्थ १२८ रुपैयाँ ३० पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS