IME Life
Beema Board

जीवन बीमा कम्पनीले असोज महिनासम्ममा आर्जन गरे ७ अर्ब प्रथम बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ७ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले असोज महिनामा मात्रै भने २ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले एक अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । असोज एक महिनामा मात्रै भने ४१ करोड ७ लाख रुपैयाँ आर्जन गरेको बीमा समितिले जनाएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार दोस्रो धेरै प्रथम बीमा शुल्क आर्जन गरेमा नेशलन लाइफ छ । नेशलनले असोज महिनासम्ममा ८४ करोड र असोज महिनामा मात्रै २७ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ ।

Prabhu
Crest

एलआइसी नेपालले असोज महिनासम्ममा ५२ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा चौथो धेरै सन नेपाल लाइफले ५२ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । सिटिजनले वैदेशिक रोजगार बीमालेखबाटै राम्रो प्रथम बीमा शुल्क आर्जन गरिरहेको छ । त्यस पछि नया कम्पनीहरु मध्येबाटै सिटिजन लाइफले ४९ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

सिटिजन पछि सूर्या लाइफले ४० करोड, रिलायबल नेपालले ३६ करोड, एशियन लाइफले ३५ करोड, ज्योति लाइफले ३३ करोड, युनियन लाइफले ३१ करोड रुपैयाँ आर्जन गरेको छ । नयाँ मध्ये गएका वर्षमा आक्रामक युनियनको व्यवसाय यस वर्ष चौपट देखिन्छ । कम्पनीले असोज महिनामा मात्रै ८ करोड १६ लाख मात्रै प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा गुराँस पर्छ । गुराँसले अहिलेसम्म जम्मा ५ करोड ७१ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेको छ । अझ असोज महिनामा मात्रै एक करोड ६२ लाख मात्रै छ । त्यस पछिको प्रभुले १२ करोड एक लाख आर्जन गरेको छ । प्रभुको असोज महिनाको मात्रै व्यवसाय ४ करोड ५० लाख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%

खुसी

8%

दु :खी

25%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS