IME Life
Beema Board

लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्यायो नयाँ बचत योजना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै नयाँ योजना “सेभ लाइक अ च्याम्पियन” (बचत गरौ, च्याम्पियन बनौं) ल्याएको छ । विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती शुरु भइसकेको छ । फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भइसकेका छन् । यस्तो अवस्थालाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो ।

यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)” सञ्चालन गर्ने भएको छ ।

Prabhu
Crest

यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।

अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज ९बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरुं० र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS