IME Life
Beema Board

रिलायबल लाइफ शत प्रतिशत दाबी भुक्तानी गर्न सफल, जीवन बीमा कोष ५ अर्ब माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८० )को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ८९ करोड ३१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९७ करोड १० लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १० करोड माथि खुद नाफा गर्न सफल भएको छ । समिक्षा अवधिमा नाफामा ३४ दशमलव ७० प्रतिशतको वृद्धि देखिएको छ ।

Prabhu
Crest

२ अर्ब ८० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा १ अर्ब १८ करोड संचित छ । समिक्षा अवधिमा जगेडा कोष २९ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्तवपूर्ण जीवन बीमा कोष करिव ७० प्रतिशतले वृद्धि हुँदै ५ अर्ब १५ करोड पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा र प्रति शेयर किताबी मुल्य १४६ रुपैयाँ ३८ पैसा छ ।

कम्पनीले शत प्रतिशत दावी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन् बाँकी दावी शिर्षकमा बाँकी रकम छैन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS