IME Life
Beema Board

पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक २५ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर आइपीओ निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा विक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयर सहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले लमजुङको दोर्दीखोलामा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS