IME Life
Beema Board

नेपाल लाइफको नाफा २५ गुणाले बढ्यो, जीवन बीमा कोष १ खर्ब ४२ अर्ब माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा १० अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ९० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जनमा करिव १ दशमलव ४३ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै कम्पनीले ९ अर्ब ९३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १७ करोड ५७ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ७० लाख ३३ हजार नाफामा थियो । नाफा २५ गुणाले वृद्धि भएको छ ।

८ अर्ब २० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा १ अर्ब ९९ करोड संचित छ । समिक्षा अवधिमा जगेडा कोष १२९ दशमलव ०४ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष १९ दशमलव ६४ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ४२ अर्ब पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको प्रति शेयर आम्दानी ८ दशमलव ५६ रुपैयाँ र प्रति शेयर नेट्वर्थ १३४ रुपैयाँ ३९ पैसा छ ।

कम्पनीका अनुसार कम्पनीले ३ अर्ब ९६ करोड कुल दावी भुक्तानी गरेको छ भने १ अर्ब ३२ करोड दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

5%

अचम्मित

9%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS