IME Life
Beema Board

नागरिक लगानी काेषले रु. १४.६८ अर्ब मुद्दती निक्षेपमा राख्न प्रस्ताव माग्याे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । नागरिक लगानी कोषले १४ अर्ब रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्नको लागी वाणिज्य बैंकहरुसँग प्रस्ताव आह्वान गरेको छ । कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै क वर्गका वाणिज्य बैंकहरुसँग एक वर्षे अवधिको मुद्दती निक्षेप स्वीकार्नको लागी शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । कोषले १४ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

मुद्दती निक्षेप स्वीकार्न चाहने वाणिज्य बैंकहरुलाई कात्तिक ३० गते दिउँसो २ बजेसम्ममा लाहाछाप सहितको शिलबन्दी प्रस्ताव कोषको प्रधान कार्यालयमा दर्ता गर्न कोषले आग्रह गरेको छ ।

Prabhu
Crest

बै‌ंक तथा वित्तीय स‌ंस्थाहरूमा लामाे समयदेखि तरलताकाे अभाव भइरहेका बेला बैंकिङ प्रणालीमा सर्वसाधारणकाे निक्षेप फर्किने क्रम शुरू भएकाे छ । साथै नागरिक लगानी काेषलगायत संस्थागत निक्षेपकर्ताबाट ठूलाे रकम मुद्दती निक्षेपवापत प्राप्त हुँदा वाणिज्य बैंकहरूलाई राहत मिल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS