IME Life
Beema Board

सरकारकाे लापरवाहीले वैदेशिक राेजगारीमा अकालमै ज्यान गुमाउन बाध्य नेपाली यूवा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । वैदेशिक रोजगारीका लागि बाहिरिने यूवाहरुलाई सामान्य तालिम समेत नदिई पठाउने प्रवृत्तिका कारण दुर्घटनामा ज्यान गुमाउने प्रवासी नेपाली कामदारको मृत्युको तथ्यांक उकालो लागेको छ ।

तीन वर्षको अवधिमा मृतक कामदारको संख्या १२१ प्रतिशतले वृद्धि भएर वर्ष दिनभित्र पन्ध्रह सयको हाराहारी पुगेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६।७७ मा ६७३ जना नेपाली कामदारको वैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएकोमा आ.व. २०७८।७९ मा ह्वात्तै बढेर १ हजार ४ सय ९२ जनाको मृत्यु भएको छ । विभागका अनुसार आ.व. २०७७।७८ मा १ हजार २ सय ४३ जना नेपाली कामदारको शव स्वदेश ल्याइएको थियो ।

Prabhu
Crest

देशको कूल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी हिस्सा वैदेशिक रोजगारमा रहेका नेपाली कामरदाले पठाउने विप्रेषण आप्रवाहमा निर्भर छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको अकालमै मृत्यु हुन नदिनका लागी कुनै पनि ठोस कार्यक्रम लागू गर्न सकेको छैन । प्रदेश सरकारहरुले पनि यस विषयमा कुनै चासो देखाएका छैनन् ।

प्रदेश र स्थानीय सरकारहरुले वैदेशिक रोजगारीको तयारीमा रहेका यूवालाई क्षेत्रिय स्तरमा प्रशिक्षण केन्द्र संचालनमा ल्याएर प्राविधिक तालिम, कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय, ट्राफिक नियम, रोजगारीका लागी जाँदै गरेको मुलुकको भाषा सम्बन्धी सामान्य ज्ञान दिन मात्र सके पनि अकालमै हुने मृत्यु रोक्नमा ठूलो योगदान पुग्नेछ ।

नेपाल पूनर्बीमा कम्पनीले प्रकाशन गरेको स्मारिकामा समावेश गरिएको नेपाल पूनर्बीमाकी सहायक प्रबन्धक प्रगती कुमारीको आलेखमा उल्लेख भए अनुसार वैदेशिक रोजगारमा हुने मृत्युमध्ये २० प्रतिशत हृदयघातका कारण हुने गरेको छ । अकाल मृत्युको तेश्रो ठूलो मुख्य कारण कार्यस्थल दुर्घटना र सडक दुर्घटना हो । दुर्घटनाका कारण हुने मृत्युले वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको १६ प्रतिशत हिस्सा ओगटेको छ । उनले विदेश प्रस्थान गर्नुपूर्व श्रमिकलाई दिइने अभिमूखीकरणका क्रममा सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी अपर्याप्त ज्ञान दुर्घटनाबाट हुने मृत्युको पछाडीको कारण हुनसक्ने उल्लेख गरेकी छिन् । कूल ५१० वटा मृत्यु दाबीको घटनालाई केलाउँदा यीमध्ये सात प्रतिशतको मृत्यु आत्महत्याको कारण भएको उल्लेख छ ।

आत्महत्या गर्नेहरुमध्ये अधिकांश महिला रहेका छन् । विशेषगरी महिला कामदारहरु कार्यस्थलमा हुने हिंसा, यौन दुव्र्यवहार, यौन शोषणको शिकार हुनुका साथै कानूनी उपचारका लागी सहयोगी हात नपाउँदा आत्महत्या गर्न बाध्य हुनुपर्ने अवस्था छ ।

प्रतिकूल तापक्रममा काम गर्नुपर्ने बाध्यता भएका श्रमिकले कार्यस्थलमा विश्रामगृह वा आवासमा फर्किएपछि शरीरको तापक्रमलाई तालमेल मिलाउन नसक्दा रक्तचाप बढ्न गई हृदयघातका कारण मृत्यु हुने गरेको पाइएको छ । कार्यस्थलको तातो तापक्रम र शयन कक्षमा जडित एयर कण्डिशनरको चीसो तापक्रमबीच तालमेल हुन नसक्दा पनि श्रमिकले ज्यान गुमाउनु परिरहेको छ ।
विकसित मुलुकको सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धमा राम्ररी ज्ञान नहुँदा समेत सडक दुर्घटनाबाट नेपाली कामदारको मृत्युको घटना प्रायः समाचारको शीर्षक बन्ने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS