IME Life
Beema Board

सूर्या र ज्योतिले पाए मर्जरको अन्तिम स्वीकृति, ‍जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जरको इतिहास बनाउदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी दुबैले शेयरधनीबाट मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । यस सँगै दुबैले मर्जरको आवश्यक प्रकृयाँ अगाडी बढाउने बाटो खुला भएको छ । अव दुबैले एकिकृत कारोबारको मिति तय गर्नेछन् । यस भन्दा अगाडी बीमा समिति( नेपाल बीमा प्राधिकरण)बाट एकिकृत कारोबारको अन्तिम स्वीकृति प्राप्त गर्नु पर्नेछ ।

सूर्या लाइफले १४ औँ वार्षिक साधारणसभा र ज्योति लाइफले पाचौँ वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका छन् । यो दुबै कम्पनीको अन्तिम वार्षिक साधारणसभा हो । मर्जर पछि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नामबाट साधारणसभा हुनेछ ।

Prabhu
Crest

दुबैले डिडिए प्रतिवेदन पारित गरेका छन् । साथै मर्जरका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउन अनुमति पाएको सञ्चालक समितिले गरेका सम्पुर्ण कार्यहरुलाई पनि सभाले अनुमोदन गरेको छ । डिडिए मूल्याङ्कन पछि ज्योति लाइफका शेयरधनीहरुको शेयर ०.८२४५ प्रतिशतमा खुम्चिनेछ ।

दुबैले सूर्या र ज्योति लाइफ विच १ बराबर ०.८२४५ को अनुपातमा स्वाप रेसियो पारित गरेका छन् । मर्जर पछि कम्पनीको अध्यक्ष केशव प्रसाद भट्टराई हुने सहमति भएको छ । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा भने ज्योतिका सिइओ प्रकाश विक्रम खत्री हुनेछन् । सूर्याका सिइओ पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत हुने सहमति भइसकेको छ ।

दुबै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेका छन् । मर्जर पछि दुबैले संयुक्त रुपमा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्नु पर्नेछ । एकिकृत कारोबार पछि भने संयुक्त रुपमा लेखापरीक्षण हुनेछ ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड पुग्नेछ । दुबैले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिएको हुँदा गत आर्थिक वर्ष २०७८/७९ सम्म कायम जगेडा कोषबाट लाभांश दिने वित्तीकै सजिलै ५ अर्ब पुर्याउन सक्नेछ ।

जीवन बीमा क्षेत्रमा मर्जर सफल हुन सक्दैन भन्ने मान्यता थियो । निर्जीवन जस्तो जीवन बीमा कम्पनीको मर्जर त्यति सहज हुँदैन भनिए पनि सूर्या र ज्योति लाइफले नेपालको इतिहासमा पहिलो सफल मर्जर गर्दै छन् । दुबै कम्पनीमा एकै किसिमका संस्थापक तथा लगानीकर्ता भएकाले पनि मर्जर सफल हुन सकेको हो । दुबैले बीमा समिति (नेपाल बीमा प्राधिकरण)लाई कार्तिक पहिलो सातामा एकिकृत कारोबार गर्ने योजना पेश गरेका थिए । योजना भन्दा एक महिना ढिला गरेर भए पनि दुबैले जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जरको इतिहास बनाउने भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%

खुसी

0%

दु :खी

10%

अचम्मित

10%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS