IME Life

प्राधिकरणले राेक लगाएकाे अभिकर्ता इजाजत पत्र वितरण कार्य पुन: शुरु हुनेमा अन्याैल

SPIL
NIC ASIA

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको नयाँ इजाजत पत्र वितरण कार्य अनिश्चितकालका लागी बन्द गरिदिएपछि बीमा अभिकर्ताबीच अन्यौलता देखिएको छ । प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागी भन्दै नयाँ बीमा अभिकर्ताको लागि इजाजत पत्र(अभिकर्ता संकेत नम्बर) जारी गर्ने कार्य बन्द गरेको छ ।

प्राधिकरणले अभिकर्ता इजाजत पत्र आवेदन दर्ताको लागी प्रयोग गरिने पोर्टल अहिले निष्कृय बनाएको छ । साथै अभिकर्ता इजाजत पत्रको लागी चार दिने तालिममा सहभागी भइसकेका आकांक्षीहरुलाई पनि इजाजत पत्र वितरणमा रोक लगाएको छ । प्राधिकरणले पुन: इजाजत पत्र वितरण कहिलेबाट शुरु गर्नेबारे स्पष्ट नखुलाएका कारण अन्याैलताकाे अवस्था देखिएकाे हाे । साथै के कारणले बन्द गरिएकाे हाे र बन्द गरिएपछि नियामकबाट भइरहेका तयारीबारे पनि कुनै अध्यावधिक विवरण जानकारीमा ल्याइएकाे छैन ।

Prabhu
Crest

बीमा कम्पनीहरुलाई बिमा अभिकर्तासँग स्वेच्छिक घाेषणा फारम भर्न लगाएर कुनै एक वटा जीवन वा निर्जीवन बीमकसँग मात्र काम गर्ने सहमति गराउनकाे लागी प्राधिकरणले निर्देशन समेत दिएकाे छ । बीमा एन २०७९ ले एउटै व्यक्तिलाई एक भन्दा बढी उहि प्रकृतिकाे बीमा व्यवसाय गर्ने बीमकहरुकाे लागी अभिकर्ताकाे हैसियतमा व्यक्तिगतरुपमा काम गर्न राेक लगाएकाे छ ।

नयाँ इजाजत पत्र जारी गर्न रोक लगाए पनि अभिकर्ता तालिममा सहभागीता जनाई सकेकाहरुको इजाजत पत्रमा रोक लगाउनु उचित नभएको बीमकको गनुासो छ ।वित्त बजारमा केही महिनायता कायम तरलताको अभावका कारण जीवन बीमा व्यवसायमा नकारात्मक प्रभाव परिरहेका बेला समितिले अभिकर्ता इजाजत पत्र जारी गर्ने कार्य बन्द गरेपछि समस्या थपिएको गुनासो अभिकर्ता र बीमकको छ ।

अहिले जुनसुकै उपायबाट नयाँ बीमा बेच्नुपर्ने अवस्था छ, अभिकर्ता भन्छन्,तर नियामकले विषम परिस्थितिमा सहजीकरण गर्नुको साटो अड्को लगाएको छ ।

जीवन बीमा अभिकर्ता पेशामा संलग्न हुन चाहनेहरु हुन् वा आफू मातहत नयाँ अभिकर्ता सिर्जना गरेर आफ्नो संजाल बिस्तार गर्ने योजना बुनेका अभिकर्ताहरुको गतिविधि अहिले ठप्प छ ।

प्राधिकरणले बीमा क्षेत्रमा सकृय अभिकर्ताको खडेरी परेको र गैर व्यवसायीक अभिकर्ताका कारण बीमा क्षेत्रमा विकृति फैलिएको निष्कर्ष सहित अभिकर्ता इजाजत पत्र वितरण प्रकृयामा कसि कसाउ शुरु गर्ने घोषणा गरिसकेको छ । इजाजत पत्र प्राप्त गर्न चाहने व्यक्तिले समितिले संचालन गर्ने अनलाइन परिक्षामा अनिवार्यरुपमा सहभागीता जनाएर उतीर्ण हुनुपर्ने प्रावधान लागू गरिदैछ । परिक्षाको पाठ्यक्रम तयार भइसकेको छ । परिक्षा संचालनको विधिसम्बन्धमा पनि प्राधिकरण(तत्कालीन बीमा समिति)ले सम्बन्धित विज्ञबाट सुझाव संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

9%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

27%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS