IME Life
Beema Board

आजदेखि नबिल फ्लेक्सी क्याप फण्डको इकाई विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज कार्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएको हो ।

उक्त योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० का दरले ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक नबिल बैंकलाई र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्टका लागि छुट्याइएको छ । कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाखमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

उक्त इकाईका लागि कार्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा मंसिर ७ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

इकाई निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

उक्त इकाईमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS