IME Life

प्रथम त्रैमासमा समीट लघुवित्तको नाफा १ करोड ८५ लाख

SPIL
NIC ASIA

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ८५ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीको नाफा ५२ प्रतिशत कम हो । कम्पनीले गत आर्थिक वर्षमा ३ करोड ९२ लाख नाफा कमाएको थियो ।

यस अवधिमा ४९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २७ करोड १७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा ५२ प्रतिशतले घटेको छ भने खुद ब्याज आम्दानी ९ दशमलव ११ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ७२ करोड सापटी लिएर १ अर्ब ३६ करोडभन्दा बढी निक्षेप संकलन गरी ५ अर्ब ८९ करोड कर्जा लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ५० दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ०२ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS