IME Life
Beema Board

प्रभुले अजोडको संस्थापक शेयर कन्भर्जन गर्न नमान्दा मर्जर अन्योलमा, प्रकृयाँ अगाडी बढ्न सकेन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले अजोड इन्स्योरेन्स कम्पनीको शेयर कन्भर्जरनमा अवरोध गरे सँगै मर्जर प्रकृयाँ अगाडी बढ्न सकेको छैन । प्रभु समुहले मर्जर अगाडी शेयर कन्भर्जन नगर्न दवाव दिदै आएको छ । अजोडको शेयर कन्भर्जन रोक्न सकेमा प्रभुका विध्यमान संस्थापकले पनि लाभ लिन सक्छन् ।

प्रभुले मिलेजति सबै संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिसकेको छ । प्रभुका संस्थापकले शेयर कन्भर्जन गरेर ५१ प्रतिशत र ४९ प्रतिशत पुर्याइसकेका छन् । यसरी अजोडको रेसियोमा गिद्धे दृष्टी राख्दै प्रभुले रोक्न खोजिरहेको छ । यसले गर्दा मर्जरको बाँकी काम पनि अगाडी बढ्न सकेको छैन ।

Prabhu
Crest

प्रभु र अजोडले असार ३२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुई कम्पनी विचमा एक बराबर ०.७० प्रतिशतको अनुपातमा मर्जर गर्ने सहमति भए सँगै अजोडका संस्थापक असन्तुष्ट छन् । प्रभुले तिनकुनेमा रहेको घर जग्गा र नेपाल पुनर्बीमाको संस्थापक शेयर मार्फत मूल्याङ्कन बढाएको थियो । यसले गर्दा प्रभुले अजोडलाई ७० प्रतिशतमै मर्जर गर्ने प्रस्ताव गरेको थियो ।

दोस्रो बजारमा प्रभु भन्दा अजोडको बजार मूल्य माथि छ । साथै बीमा शुल्क आर्जन तथा निर्जीवन बीमा व्यवसायको विस्तारमा अजोड धेरै आक्रामक छ । सम्पत्ती बाहेक अन्य सूचक अजोडको राम्रो भए पनि मर्जरका लागि जोडी नमिलेको भन्दै बजारमा चर्चा हुँदै आएको छ ।

बीमा समितिले मर्जरको सहमति गरेका अन्य कम्पनीहरुलाई शेयर कन्भर्जन गर्न सजिलै अनुमति दिदै आएको छ । तर अजोड अहिलेसम्म कन्भर्जनको प्रस्ताव लिएर समितिमा भने पुगेको छैन् । यस भन्दा अगाडी अजोडले साधारणसभा मार्फत शेयर कन्भर्जनको प्रस्ताव पारित गर्नु पर्छ ।

प्रभुले अजोडलाई शेयर कन्भर्जन गर्न नदिए सँगै अजोड मर्जरलाई अगाडी नबढाउनेसम्मको मनस्थितिमा छ । तर बीमा समितिले मर्जर भाडिने अवस्था आउने वित्तीकै दवाव दिदै आएको छ । बीमा समितिले पेल्ने डरले पनि अजोडले मर्जरलाई भाड्न सकेको छैन । अर्को तर्फ अजोडका उच्च व्यवस्थापनदेखि कर्मचारीहरु पनि मर्जरका लागि असहमत हुँदै आएका छन् । अजोडका कर्मचारीको भन्दा प्रभुका कर्मचारीको तलब सुविधा कम छ ।

यदि शेयर कन्भर्जन गर्ने प्रस्ताव साधारणसभामा लैजान पाइएन भने संस्थापकहरुले साधारणसभाबाटै मर्जरको प्रस्ताव अस्वीकृत गर्नेसम्मको योजनामा छन् । मर्जरको अन्तिम स्वीकृति साधारणसभाबाट लिनु पर्छ । यस भन्दा अगाडी हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जर गर्ने प्रस्ताव साधारणसभाबाटै अस्वीकृत गरेको थियो । मर्जरको सहमति गरेका अन्य कम्पनीहरुले आन्तरिक रुपमा उत्साहपुर्वक काम गरिरहेका छन् तर यि दुईको भने खासै अगाडी बढ्न सकेको छैन । बढिहाले पनि सफल हुने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

5%

दु :खी

21%

अचम्मित

5%

उत्साहित

21%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS