IME Life

भारतले नेपालका लागी धान निर्यातमा लाग्ने भन्सार महशुल हटायो, के उपभोक्ताको भान्छामा चामल सस्तिएला ?

SPIL
NIC ASIA

काठमाण्डौं । भारत सरकारले धानको निर्यातमा लगाएको २० प्रतिशतको भंसार शुल्क नेपालको लागि पुनः हटाएको छ । भारत सरकारको वित्त मन्त्रालय अन्तर्गतको राजश्व विभागले कात्तिक १४ गते सार्वजनिक गरेको निर्देशनमा नेपालको लागि धान निर्यातमा लगाइएको भन्सार शुल्क हटाइएको घोषणा गरेको हो ।

यसअघि गत भदौ २३ मा जारी गरिएको निर्देशनमार्फत् नेपालको लागि समेत धानको निर्यात गर्दा २० प्रतिशत भंसार शुल्क कायम गरेको थियो । भन्सार महशुल थपिएपछि चामल महँगो हुँदा यसको सिधा असर नेपाली उपभोक्तामा परेको थियो । नेपालले भारतबाट ठूलो परिमाणमा चामल आयात गर्दै आएको छ । चामलमा भारतीय भन्सार महशुल वृद्धि भएको बहानामा अहिले स्थानीय बजारमा खुद्रा मूल्यमै प्रति किलो दश रुपैयाँका दरले चामल महँगो भएको छ ।

Prabhu
Crest

नेपाल चामल, दाल, तेल सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले भारतले धानको निर्यात लगाएको महशुल फिर्ता लिएपछि उपभोक्तालाई ठूलो राहत मिल्ने बताए । उनले अनुचित महशुल फिर्ता लिनको लागी संघले भारतीय कुटनीतिज्ञहरुसमक्ष पत्राचार र भेटघाटमार्फत् ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले गत वर्ष नेपालले भारतबाट साढे ५ लाख मेट्रिक टन धान आयात भएको तथ्यांकको आधारमा यस वर्ष ६ लाख मेट्रिक टन आयात गर्न पाउने अनुमति पाइएको जानकारी दिएका छन् । उनले धानको सहज आपूर्तीले चामल उत्पादक उद्योगलाई समेत राहत मिल्ने प्रतिकृया दिएका छन् ।

नेपालीकाे भात खाने बानी उच्च हुनुका साथै स्वदेशी उत्पादनले अपुग हुँदा भारतबाट वर्षेनी ठूलाे परिमाणमा धान चामल आयात हुँदै आएकाे छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८।७९ काे पहिलाे ११ महिनामै ४५ अर्ब २९ कराेड रुपैयाँ मूल्य बराबरकाे धानचामल भारतबाट आयात गरिएकाे थियाे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS