IME Life
Beema Board

एउटै काेठाकाे रु. ३ कराेड लागत पर्ने गरी कसले बनाउँदैछ धुलिखेलमा रिसाेर्ट ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । काभ्रेको धुलिखेलमा निर्माणाधीन दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा होटलको एउटै कोठाको औसत लागत ३ करोड रुपैयाँ नाघ्ने भएको छ ।  गतवर्ष जुलाईमै संचालनमा ल्याई सकिने योजना रहेकोमा निर्माण कार्यमा ढिलाई हुँदा यसको लागत दिनदिनै बढ्दै गएको छ ।

डेढ वर्षको अवधिमा होटलको निर्माण लागत ३६ प्रतिशतले वृद्धि भएर प्रति कोठा २ करोड ६० लाख रुपैयाँबाट ३ करोड रुपैयाँ पुगेको छ । प्रति कोठा निर्माण लागतमा जग्गाको मूल्यसँगै भौतिक पूर्वाधार, आन्तरिक तथा बाह्य पूर्वाधार, बैंक कर्जाको ब्याज भारसहितको रकम गणना गरिएको हुन्छ ।

Prabhu
Crest

यो होटलको कूल निर्माण लागत १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी हुने देखिएको छ । ५१ः४९ अनुपातको पूँजी संरचना अनुसार शुरुमा ८० करोड रुपैयाँ बैंक कर्जा प्रयोजनको लागी क्रेडिट रेटिङ गराएकोमा अहिले १ अर्ब ४ करोड रुपैयाँ बैंक कर्जाको लागी रेटिङ गराएको छ । यसको कर्जा र पूँजी अनुपात अहिले ६३ः३७ पुगेकाे छ ।

सुविधा सम्पन्न ४४ वटा कोठा र २० वटा विशेष भिल्ला(बेग्ला बेग्लै घर)हरु निर्माण भइरहेको छ । सन् २०२१ को जुलाईसम्ममा पूर्ण क्षमतामा संचालनमा ल्याउने लक्ष्य भएपनि निर्माण कार्यमा ढिलासुस्तीका कारण होटल निर्माण कार्य सन् २०२२ को डिसेम्बरसम्म पनि संचालनमा आउने संभावना छैन ।

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगे पनि यसको आन्तरिक सजावटको काम सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ । यो रिसोर्टको प्रत्येक कोठाबाट हिमालयको दृश्यावलोकन गर्न सकिनेछ । उच्च क्रयशक्ति भएका विदेशी पर्यटकलाई लक्षित गरेर बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र नमोबुद्ध गुम्बा नजिकै यो रिसोर्ट निर्माण भइरहेको छ ।

ओम स्टोन क्यापिटल प्रालिले यो होटल निर्माण गरिरहेको छ । बढ्दो ऋण भारका कारण होटल निर्माण कार्य सम्पन्न भएर पूर्ण क्षमतामा संचालनमा नआउँदा सम्म वित्तीय जोखिम उच्च रहेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

होटलको प्रवद्र्धकहरुमध्येको भारतीय मूलका व्यापारी विष्णु मोर र नेपाली नागरिक रमेश हमाल रहेका छन् । यी दुबैसँग पाँच तारे होटल संचालनको अनुभव छैन । होटलको संचालन तथा व्यवस्थापनको लागी थाइल्याण्डको दुसित थानी समूहसँग १० वर्षे अवधिको लागी सम्झौता गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

9%

दु :खी

48%

अचम्मित

10%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS