IME Life
Beema Board

कुमारी बैंकमा निक्षेप खाता खोल्दा १ करोडसम्मको निशुल्क जीवन बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपालमै पहिलो पटक कुमारी जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्नेछन् । यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैया सम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

यस योजना अनुसार ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जिवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकममा दुई देखि १० गुणा सम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी भने महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी रहेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

13%

दु :खी

25%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS