IME Life
Beema Board

व्याजदरमा सर्वाधिक बृद्धि, ऋण लिन खोज्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकको आधार व्याजदर कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकहरुको आधार व्याजदर गत वर्षको तुलनामा ह्वात्तै बढेको छ । एक वर्षको अवधिमा तीन दशमलब सून्य दुई प्रतिशत विन्दुले बढेको छ । बाणिज्य बैंकहरुले कार्तिक महिनाका लागि जारी गरेको आधार व्याजदर औषतमा ९.९३ प्रतिशत रहेको छ । जवकी गत वर्षमा ६.९० प्रतिशत थियो ।

तरलता अभाव सँगै बैंकहरुले निक्षेपको व्याजदर बढाउदा आधार व्याजदर पनि बढेको हो । बैंकहरुले मुद्दती निक्षेपको व्याजदर १५ प्रतिशतसम्म दिएका छन् । कतिपयले भित्र भित्रै १५ प्रतिशत भन्दा माथि दिएको चर्चा चल्ने गरेको छ ।

Prabhu
Crest

निक्षेपको व्याजदर बढ्ने वित्तीकै आधार व्याजदर बढ्छ । आधार व्याजदर बढ्ने वित्तीकै ऋणीको व्याजदर बढ्छ । त्यसैले पछिल्लो समय व्यवसायीहरुले बैंकहरुको चर्को व्याजदरको विरोध गरिरहेका छन् । सबैभन्दा कम आधार व्याजदर हुने राष्ट्रिय बाणिज्य बैंकको समय यस वर्ष ८.२० प्रतिशत छ । जवकी गत वर्ष बैंकको आधार व्याजदर जम्मा ५.५० प्रतिशत मात्रै थियो ।

राष्ट्रिय बाणिज्य पछि दोस्रो कम व्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । बैंकको आधार व्याजदर ८.४५ प्रतिशत छ । बैंकको पनि गत वर्ष ४.९८ प्रतिशत मात्रै थियो । निक्षेपमा नखल्ने स्ट्याण्डर्ड यस वर्ष प्रतिस्पर्धाका लागि व्याजदर बढाउन बाध्य भएको छ ।

तेस्रो कम आधार व्याजदर नविल बैंकको छ । नविलको आधार व्याजदर ८.७७ प्रतिशत छ । गत वर्ष बैंकको ५.८६ प्रतिशत मात्रै थियो । सबैभन्दा धेरै आधार व्याजदर सिभिल बैंकको छ । सिभिल बैंकको आधार व्याजदर ११.१५ प्रतिशत पुगेको छ । गत वर्ष ८.०४ प्रतिशत मात्रै छ ।

सर्वाधिक धेरै आधार व्याजदर हिमालयन बैंक र मेगा बैंकको बढेको छ । मेगाको ३.६६ प्रतिशत विन्दुले बढेर १०.४६ प्रतिशत पुगेको छ भने हिमालयनको ३.६२ प्रतिशत विन्दुले बढेर १०.३६ प्रतिशत पुगेको छ । हिमालयनले निक्षेप बाहिरिन थाले पछि बाध्य भएर निक्षेपको व्याजदर बढाएको थियो । त्यसैले सबैभन्दा धेरै आधार व्याजदरमा बृद्धि भएको पाइन्छ ।

आधार व्याजदर बढाउनेमा एनआइसी एशिया पनि कम छैन । एनआइसी एशियाको आधार व्याजदर ३.४४ प्रतिशत विन्दुले बढेर १०.३३ प्रतिशत कायम भएको छ । १५ बाणिज्य बैंकको आधार व्याजदर १० प्रतिशत भन्दा माथि छ । सबैभन्दा कम आधार व्याजदर बढाउनेमा प्रभु बैंक छ । प्रभु बैंकको आधार व्याजदर २.१२ प्रतिशत विन्दुले मात्रै बढेको छ ।

हेर्नुहोस् कुन बैंकको कति

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

86%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS