IME Life
Beema Board

नासाले नेपालमै पहिलो पटक सुरु गर्यो मार्जिन कारोबारको सुविधा, आवेदन दिएको एक घण्टा भित्र स्वीकृत गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नासा सेक्युरिटिजले नेपालमै पहिलो पटक मार्जिन कारोबार सुविधा शुरु गरेको छ । लगानीकर्ताले शेयर ब्रोकरबाटै कर्जा लिएर शेयर खरिद गर्न सक्ने मार्जिन ट्रेडिङ कारोबार सुविधा प्रदान गर्न शुरु गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानिकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्यूरिटिज पहिलो ब्रोकर कम्पनी हो ।

Prabhu
Crest

नासा सेक्यूरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ बमोजिम लगानिकर्ताहरुका लागि २ प्रकारका योजनाहरु ल्याएको छ । पहिलो योजना अन्तर्गत १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोवार शुरु गर्न सक्नेछन् ।

सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने छ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क ९ हजार ९९९ रुपैयाँ मात्र लाग्नेछ । दोस्रो योजना १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क २१ हजार ५८ रुपैयाँ मात्र लाग्नेछ ।

यी सुबिधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेवाट जारी मार्जिन कारोवार गर्न योग्य कम्पनीको सूचीभित्र रहि कारोवार गर्नुपर्नेछ । कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्नेछ ।

यस कम्पनीसँग हाल उपलब्ध स्रोत धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यबाट परिचालन गरिएको छ । ब्रोकरले भविष्यमा धेरै स्रोतको जोहो गरि छिटो छरितो, गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । योजनाहरुमा सहभागिता जनाई नयाँ सुविधाको लाभ उठाउन र सेवामा गुणात्मक सुधारका लागि रचनात्मक राय सुझाव दिन ग्राहकहरुलाई अपिल गरेको छ । मार्जिन कारोवार सुविधा लिनका लागि ब्रोकरको वेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

13%

दु :खी

3%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS