IME Life
Beema Board

४२ प्रतिशत अभिकर्ताले नविकरण गरेनन्, कुन कम्पनीको वास्तविक अभिकर्ता संख्या कति(सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीका ४२ प्रतिशत अभिकर्ताले नविकरण नगरि बाहिरिएका छन् । बीमा समितिले यहि असोज ३१ गतेसम्म दिएको अन्तमि म्याद भित्र जम्मा एक लाख ४४ हजार ६५४ जनाले मात्रै नविकरण गरेका छन् ।

गत चैत मसान्तसम्ममा नविकरण गर्नु पर्ने अभिकर्ताको संख्या २ लाख ५० हजार जना थिए । तर यस अवधिमा एक लाख ५ हजार जनाले नविकरण नगरेको पाइएको छ । बीमा समितिले यसै वर्षदेखि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीले गर्दा पनि नविकरण गर्नेको संख्या धेरै घटेको हो । बीमा कम्पनीहरुले दिएको विवरणका आधारमा बीमा समितिले अभिकर्ताको संख्या गणना गर्दै आएको थियो ।

Prabhu
Crest

तर गत चैत महिनादेखि कार्यान्वयनमा ल्याइएको अभिकर्ता तथा सर्भेयरको नविकरण गर्ने सफ्टवेयरले वास्तविक संख्या थाहा हुन सकेको हो । विगतका वर्षमा कम्पनीहरुले दिने गलत तथ्याङ्कनले पनि यस वर्ष अभिकर्ताको संख्या घटेको देखिएको हो । विगतका वर्षमा बीमा कम्पनीहरु आफैले निष्क्रिय अभिकर्ताको समेत अभिकर्ता लाइसेन्स नविकरण गराउदै आएका थिए । तर यस पटक अनलाइन प्रणालीबाटै नविकरण गर्नु पर्ने व्यवस्थाका कारण वास्तविक तथ्याङ्क सार्वजनिक भएको हो ।

गत चैत भन्दा पछाडी अभिकर्ताको नयाँ लाइसेन्स लिएकालाई यस तथ्याङ्कलाई समावेश गरिएको छैन । यस आधारमा सर्वाधिक धेरै नेपाल लाइफमा २३ हजार ४९९ जनाले नविकरण गरेका छन् । त्यस्तै दोस्रो धेरै युनियन लाइफमा

१६ हजार १६९ जनाले नविकरण गरेका छन् । सिटिजन लाइफमा १२ हजार ५२४ जना, एशियन लाइफमा ११ हजार ५३२ जना, आइएमई लाइफमा ९ हजार ४० जना, सन नेपाल लाइफमा ८ हजार ४८ जना, ज्योति लाइफमा ७ हजार ८४६ जना, सूर्या लाइफमा ६ हजार ८०७ जना, मेट लाइफमा ६ हजार ६२७ जना, रिलायन्स लाइफमा ६ हजार ४९२ जना, नेशनल लाइफमा ६ हजार ३९६ जना, गुराँस लाइफमा ५ हजार ५१७ जना, महालक्ष्मी लाइफमा ५ हजार २६९ जना, प्रभु लाइफमा ४ हजार ३३७ जना, सानिमा लाइफमा तीन हजार ८३५ जना, प्राइम लाइफमा तीन हजार ७०३ जना, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा तीन हजार ६३२ जना, राष्ट्रिय बीमा संस्थानमा २ हजार २८५ जना र रिलायबल नेपाल लाइफमा एक हजार ९६ जनाले अभिकर्ता लाइसेन्स नविकरण गरेका छन् ।

अव यस बाहेक अन्य अभिकर्ताले लाइसेन्स नविकरण गराउन पाउदैनन् । जसले नविकरण गराउन सकेनन् उनिहरुले पुनः नयाँ लाइसेन्स लिनु पर्नेछ । अनलाइन प्रणालीले निष्क्रिय अभिकर्ताको लाइसेन्स खारेज हुने वातावरण बने पनि दुई वटा भन्दा धेरै कम्पनीमा लाइसेन्स लिने अभिकर्ताको संख्या पनि उल्लेख्य मात्रामा छन् ।

नयाँ बीमा ऐन २०७९ मा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था गरेकाले आउने वर्षमा अभिकर्ताको संख्या यो भन्दा धेरै नै घट्ने छ ।

जीवन बीमा व्यवसायमा जति ठुलो अभिकर्ताको सञ्जाल ठुलो हुन्छ त्यतिनै राम्रो मानिन्छ । तर लाइसेन्स मात्रै लिने अभिकर्ता भएर पनि खासै राम्रो हुँदैन । यस अवधिमा बीमा कम्पनी आफैले सक्रिय अभिकर्ताको लाइसेन्स नविकरण गरिदिएका छन् । यसले गर्दा पनि कतिपय बीमा कम्पनीमा अभिकर्ताको संख्या धेरै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

31%

खुसी

8%

दु :खी

38%

अचम्मित

19%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS