IME Life
Beema Board

आरएसडिसी बन्यो प्रथम त्रैमासको रिपोर्ट निकाल्ने पहिलो कम्पनी, कति कमायो नाफा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तिय सस्था चालु आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म लघुवित्तले ३ करोड ८२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ८९ लाख नाफा कमाएको थियो । समिक्षा अवाधिमा आरएसडिसी लघुवित्तको नाफा शत प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको खुद व्याज आम्दानी ११९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ४८ लाख खुद व्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७ करोड ६५ लाख खुद व्याज आम्दानी गरेको छ ।

Prabhu
Crest

८० करोड ५१ लाख चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ९ करोड ७४ लाख रहेको छ भने रिटेण्ड अरनिङ्ग्समा ११ करोड ९५ लाख रहेको छ । चालु आर्थिक वर्षको तीन महिनासम्म कम्पनीको वितरणयोग्य नाफा ३ करोड १० लाख रहेको छ । ५ अर्ब ४१ करोड सापटी लिएको लघुवित्तले ६ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको छ ।

प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १८ रुपैयाँ ९९ पैसा र प्रति शेयर नेट्वर्थ १२६ रुपैयाँ ९६ पैसा छ । खराब कर्जा भने सामान्य वृद्धि हुँदै शून्य दशमलव ६० प्रतिशत पुगेको छ । एक वर्ष अघिसम्म खराब कर्जा शून्य दशमलव २८ प्रतिशत थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS