IME Life
Beema Board

नेप्से परिसूचक १२ अंकले घट्यो, कारोबार रकम ६४ करोड ३६ लाखमा सिमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ८१ अंकले घटेर १,८४५ दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड र होटल एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् ।

आज २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुँदा ६४ करोड ३६ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS