IME Life
Beema Board

तिहारलाई लक्षित गर्दै बैंक अफ काठमाण्डूले ल्यायो नगद फिर्ता योजना

SPIL
NIC ASIA

काठमाडौं । बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै नगद फिर्ता योजना सार्वजनिक गरेको छ । मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५५ सम्मको नगद फिर्ता योजना सार्वजानिक गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगदफिर्ता पाउने बैंकले जनाएको छ ।

Prabhu
Crest

उक्त नगदफिर्ता योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५५ वा १५० सम्मको नगदफिर्ता पाउने बैंकले उल्लेख गरेको छ । बैंकले यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको जनाएको छ ।

बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS