IME Life
Beema Board

बीमा नियमावली बनाउन समिति गठन, चुनाव अगाडी नै काम सक्ने तयारी  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा नियमावली बनाउनका लागि समिति गठन भएको छ । कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा समिति गठन भएको हो ।  यस समितिमा बीमा समितिका सुशिलदेव सुवेदी समेत रहेका छन् ।

नियमावली बनाउने काम मन्त्रालयको हो । तर बीमा समितिले नै नियमावलीको मस्यौदा बनाउने तयारी गरेको छ । सकेसम्म चुनाव अगाडी नै नियमावली बनाउने गरि काम सुरु गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Prabhu
Crest

अहिलेकै सरकार हुँदा नियमावली बनाउन सकियो भने धेरै सहज हुनेछ । यहि सरकारले ऐन बनाएको हुँदा नियमावली बनाउदा पनि ऐनकै मर्म अनुसार बनाउन सजिलो हुने पौडेलको तर्क छ । उनले भने ‘यहि सरकार हुँदा नियमावली बनाउन सकियो भने धेरै छिटो र सजिलो हुनेछ । तर चुनाव पछि अर्को सरकार आउदा उक्त सरकारलाई ऐन बुझेर ऐन बनाउनु पर्ने हुन्छ ।’

चुनाव पछि पनि यहि सरकार रहन्छ भन्ने छैन । साथै मन्त्रीहरु पनि फेरिन सक्छन् । मन्त्री फेरिदा सचिव तथा सहसचिव पनि फेरिन्छन् । त्यसैले चुनाव पछि नियमावली जारी गर्न धेरै गाह्रो पर्ने देखिन्छ । तर नियमावली बनाउने काम मन्त्रालयकै भएको हुँदा मन्त्रालयले जसरी पनि नियमावली बनाउनै पर्ने हुन्छ ।

ऐनको कार्यान्वयन गर्न नियमावली अनिवार्य बन्नु पर्छ । नियमावली नआइ बीमा समितिले पनि ऐन मुनाविक काम गर्न सक्दैन । बीमा समितिले ऐन बनाएकै टिमलाई परिचालन गरि छिटो भन्दा छिटो नियमावली बनाउने काम सुरु गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS