IME Life
Beema Board

लाभांश पारित गर्न कुमारी बैंकले आब्हान गर्यो साधारण सभा, यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले कार्तिक २१ गते २२औं वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ । उक्त सभा सोमबार नक्साल स्थित कार्यालयमा हुनेछ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२ दशमलव ५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात शेयरधनीहरुले पाउनेछन् । कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् त्यसकारण बैंकको कारोबार रोक्का रहेको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७९/८० को लागि वाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यसैगरी बैंकले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५१)(ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने, यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा प्राप्ति गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा डिीडए नियुक्ति गर्न, निजलाई भुक्तानी गर्न पारिश्रमिक तोक्ने लगायतका प्रकृया अबलम्बन गरी अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नको लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो मिति भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS