IME Life
Beema Board

ब्रोकर लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म क-कसले दिए आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आह्वान गरेको ब्रोकर लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बोर्डले असोज २ गते सार्वजनिक सूचना आह्वान गर्दै ३० दिन भित्र इच्छुक लगानीकर्ताहरुलाई निवेदन पेश गर्ने अनुरोध गरेको थियो ।

ब्रोकर लाइसेन्सका लागि बोर्डमा निवेदन दिनु अगाडी नेपाल स्टक एक्सचेन्जबाट सिफारिस लिनु पर्ने हुन्छ । नेप्सेबाट ३२ वटा भन्दा धेरै कम्पनीले सिफारिस लिए पनि हिजोका दिनसम्म नेपाल धितोपत्र बोर्डमा भने १६/१७ वटाले मात्रै आवेदन दिएका छन् । नविल सेक्युरिटीले भने फुल फ्लेजको ब्रोकर लाइसेन्स लिने भएको छ । नविलले १५० करोड पूँजी सहित नविल सेक्युरिटी (धितोपत्र व्यापारी)को लाइसेन्स लिदैछ । त्यस्तै मेगा स्टक मार्केट र हिमालयन ब्रोकरेजले ६० करोड पूँजी सहितको ब्रोकर कम्पनी खोल्ने भएका छन् ।

Prabhu
Crest

सेयर प्रो सेक्युरिटिज, केबिएल सेक्युरिटिज, इन्डेक्स सेक्युरिटी, सन् सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, स्टक कार्थ सेक्युरिटी, भोले गणेश सेक्युरिटी, एनएमबी सेक्युरिटी, सिबीआइएल सेक्युरिटीज, प्रोपर्टी बीजड लिमिटेड, नविल सेक्युरिटी(धितोपत्र व्यापारी), आरबिबी सेक्कयुरिटी, क्यापिटल हव प्रा.लि., आकाश भैरब सेक्युरिटी, एनआईसी एशिया सेक्युरिटी, एलिट स्टक हाउस, सानिमा सेक्युरिटीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डमा १७ वटाले आवेदन दिए पनि नेपाल स्टक एक्सचेन्जबाट भने ३५ वटा भन्दा धेरैले सिफारिस लिइसकेका छन् । भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि., कलश सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, एनएमबी सेक्युरिटिज लिमिटेड, केबीएल सेक्युरिटिज लिमिटेड, प्रोपर्टी बिजार्ड लिमिटेड,  सेयरप्रो सेक्युरिटिज लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज प्रा.लि., एनआईसी एसिया सेक्युरिटिज लिमिटेड, सन सेक्युरिटिज प्रा.लि., पाही इन्भेस्टमेन्ट लिमिटेड, मियो सेक्युरिटिज प्रा.लि., मेगा स्टक ब्रोकर लिमिटेड, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, जेबीएनएल सेक्युरिटिज लिमिटेड, प्रभु स्टक मार्केट क्यापिटल लिमिटेड, आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड, एसपीएसबी सेक्युरिटिज लिमिटेड, नबिल सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि, ट्रेडमो सेक्युरिटिज प्रा.लि., सानिमा सेक्युरिटिज लिमिटेड, आकाशभैरव सेक्युरिटिज लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड, क्यापिटल हब प्रा.लि., गरिमा सेक्युरिटिज लिमिटेड, स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड, हातेमालो फानान्सियल सर्भिसेज प्रा.लि., सीबीआईएल सेक्युरिटिज लगायतले सिफारिस लिइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS