IME Life
Beema Board

मर्जरको कारण कारोवार रोकिएका तीन वाणिज्य बैंक मध्ये कसको डिभिडेण्ड इल्ड राम्रो ?

SPIL
NIC ASIA

काठमाडौं । मर्जरमा गएका बैंकहरु मध्ये कुमारी बैंक, एनसीसी बैंक र बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेका छन् । कुमारी बैंकले १२ दशमलव ५० प्रतिशत नगद लाभांश, एनसीसी बैंकले ३ दशमलव ३६ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी ११ प्रतिशत लाभांश र बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश गरी जम्मा २० दशमलव ९५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

कुमारी बैंक र एनसीसी बैंक मर्जरको प्रक्रियामा हुँदा बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक पनि मर्जर प्रक्रियामा छन् । ग्लोबल आइएमई बैंकले यो समाचार तयार पार्दासम्म लाभांश घोषणा गरेको छैन्।

Prabhu
Crest

कुन बैंकको डिभिडेण्ड इल्ड राम्रो ?
बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश गरी जम्मा २० दशमलव ९५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मर्जरको कारण शेयर कारोवार रोकिनु अघि बजार मूल्य २२७ दशमलव १० रहेको थियो । यसको आधारमा हेर्दा डिभिडेण्ड इल्ड ९ दशमलव २३ प्रतिशत छ ।

त्यस्तै कुमारी बैंकले १२ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मर्जरको कारण शेयर कारोवार रोकिनु अघि बजार मूल्य १८६ थियो । यसको आधारमा हेर्दा डिभिडेण्ड इल्ड ६ दशमलव ७२ प्रतिशत छ ।

एनसीसी बैंकले ३ दशमलव ३६ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी जम्मा ११ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मर्जरको कारण शेयर कारोवार रोकिनु अघि बजार मूल्य १८४ थियो । यसको आधारमा हेर्दा डिभिडेण्ड इल्ड ५ दशमलव ९८ प्रतिशत छ ।

मर्जरको कारण कारोवार रोकिएका यी तीन बैंकको डिभिडेण्ड इल्ड राम्रै रहेको छ । बैंक अफ काठमाण्डूको सबै भन्दा आकर्षक डिभिडेण्ड इल्ड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS