IME Life
Beema Board

नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टल एक्सचेन्ज नेप्सेले नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का गरेको छ । लाभांश प्रस्ताव सम्बन्धि सूचना नियम अनुसार समयमा नै जानकारी नदिएको भन्दै नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको हो ।

लाभांश घोषणा सम्बन्धि सूचना सोहि दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अगाडी नेप्से मार्फत जानकारी गराउनु पर्नेमा यी दुई योजनाले कारोबार समयमा सूचना दिएपछि नेप्सेले स्पष्टिकरण सोधेको हो । नेप्सेले के कारणले यस्तो भएको हो भन्दै कम्पनीसँग जवाफ गरेको हो ।

Prabhu
Crest

नबिल इन्भेष्टमेन्ट बैंकिङको असोज २५ गते बिहान १० बजे बसेको संचालक समितिको बैठकले इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ लाभांश घोषणा गरेको थियो ।

नियम अनुसार उक्त जानकारी असोज २५ गते कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनु पर्ने थियो । तर ढिलो गरि असोज २६ गते मात्र यस बारे नेप्सेलाई जानकारी दिएको र त्यो पनि कारोबार समयमा जानकारी दिएकोले नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको हो ।

नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ ले ७ प्रतिशत (कर सहित), नबिल इक्वीटी फण्डले ५ प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS