IME Life
Beema Board

आधाभन्दा बढी जीवन बीमकले अझै शुरु गरेनन् वैदेशिक रोजगार बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले चालू आर्थिक वर्षदेखि सबै जीवन बीमा कम्पनीहरुको लागी वैदेशिक रोजगार बीमालेख बिक्री खुल्ला गरिदिए पनि आधाभन्दा बढी कम्पनीले भदौ महिनासम्ममा पनि बीमालेख बिक्री नै गरेका छैनन् ।

बीमा समितिले जारी गरेको गत भदौ महिनासम्मको तथ्यांक अनुसार १९ वटामध्ये जम्मा ९ वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगारी बीमालेख जारी गरेका छन् । समितिका अनुसार नेशनल लाईफ, एलआइसी नेपाल, सूर्या लाईफ, आइएमई लाईफ, ज्योती लाईफ, सन नेपाल लाईफ, रिलायबल लाईफ, सिटिजन लाईफ र सानिमा लाईफ इन्स्योरेन्सले मात्र वैदेशिक रोजगारीमा जाने जनशक्तिको लागी बीमालेख बिक्री गरेका छन् । समितिले प्रकाशन गरेको तथ्यांक अनुसार यी नौ मध्ये पनि एलआइसी नेपाल र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भदौ महिना भर नै नयाँ बीमालेख बिक्री नै गरेका छैनन् ।

Prabhu
Crest

बीमा समितिका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा ९ मध्ये ७ जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्रीवापत जम्मा ३१ करोड ६८ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यी जीवन बीमा कम्पनीले साउन र भदौ दुई महिनाको अवधिमा ५६ करोड २३ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

वैधानिकरुपमा वैदेशिक रोजगारमा जाने सबैका लागी वैदेशिक रोजगार विभागले दुर्घटना बीमा अनिवार्य गरेको छ । यसअघि बीमा समितिले वैदेशिक रोजगार बीमा पुलमार्फत् बीमाशुल्क आम्दानी र जोखिम सबै बीमा कम्पनीहरुबीच बाँडफाँड हुने गरी संयुक्तरुपमा बीमालेख जारी गर्दै आएको थियो । तर बीमांकी मूल्यांकनमा ढिलाई हुनुका साथै सन नेपाल लाईफले बीमाशुल्क वापतको आम्दानी वितरण गर्न आनाकानी गरेपछि बीमा समितिले पुलमार्फत् बीमालेख जारी गर्ने व्यवस्था खारेज गरेर साउन १ गतेदेखि सबै बीमकलाई बीमालेख बिक्री गर्न स्वीकृति प्रदान गरेको थियो ।

वैदेशिक बीमा कम्पनीको शाखाको रुपमा संचालनमा रहेको मेट लाईफले वैदेशिक रोजगार बीमालेख बिक्रीमा रुची राखेको छैन ।
बीमा समितिले जीवन बीमकलाई स्वीकृति प्रदान गरेपनि वैदेशिक रोजगार विभागबाट बीमालेख जारी गर्नको लागी स्वीकृति प्राप्त गर्न सकस भइरहेको जीवन बीमकको गुनासो छ ।

वैदेशिक रोजगार विभागका कर्मचारीलाई खुशी नपार्दासम्म फाइल अघि बढ्दैन, वैदेशिक रोजगार बीमालेख बिक्रीमा किन ढिलाई भन्ने जिज्ञासामा एकजना प्रमुख कार्यकारी अधिकृतले भने,प्राविधिक कारण भन्दै अहिलेसम्म अड्काएका छन् । पहिलो पटक बीमालेख बिक्री सेवा शुरु गर्नको लागी कुरा मिलाउनुपर्छ भन्ने उनीहरुको आशय छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS