IME Life
Beema Board

कार्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्डको इकाई विक्री खुला हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटलले कार्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्डको इकाई विक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रति इकाई १० अंकित दरको १२ करोड इकाई जारी गर्न लागेको हो ।

निष्काशन गर्न लागेको कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकको लागि र २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरेको छ । बाँकी १० करोड २० लाख इकाई भने सार्वजनिक निष्काशनमा आउन लागेको जनाएको छ ।

Prabhu
Crest

यस इकाईमा छिटोमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कार्तिक ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त इकाई खरीदका लागि न्युनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

ईइच्छुक खरीदकर्ताहरूले योजना व्यवस्थापक तथा विक्री प्रबन्धक सानिमा क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयर वेबसाइट र एपमार्फत समेत आवेदन दिन सक्नेछन् ।

११ बर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजनाको इकाई बाँडफाँट पश्चात् धितोपत्र दोस्रो बजारमा सुचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था मिलाईने योजना व्यवस्थापकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS