IME Life

विश्वमै सर्वाधिक कमिशन आर्जन गर्ने बीमा अभिकर्ता गिडाेनकाे सफलताकाे मन्त्र के हाे ?

SPIL
NIC ASIA

काठमाण्डौं ।  गिडोन डु प्लेसिस १० औं कक्षामा फेल भए र त्यसपछि कहिल्यै औपरचारिक शिक्षाको पछि कुदेनन् । तर आज उनी विश्वमै सर्वाधिक कमिशन आर्जन गर्ने दक्षिण अफ्रिकी बीमा अभिकर्ता हुन् । उनले वर्ष दिनमा कमिशनवापत कति रकम आम्दानी गर्दा हुन् ? एक पटक अनुमान लगाउनुहोस् त । एक करोड ? दुई करोड ? तीन करोड वा त्यो भन्दा अलि बढी ?

तपाईले पत्याउनुहुन्छ? गिडोन डु प्लेसिसले विश्वको एकमात्र यस्ता अभिकर्ता हुन्, जसको वार्षिक कमिसन आम्दानी १२ करोड रुपैयाँ भन्दा बढी हुन्छ।

Prabhu
Crest

उनले विगत १४-१५ वर्षमा वार्षिक ७ सय बीमालेखहरू बेचेर रेकर्ड कायम गरेका छन्। अग्रणी जीवन बीमा र वित्तीय सेवा पेशेवरहरूको अन्तर्राष्ट्रिय संगठन मिलियन डलर राउन्ड टेबलले उनलाई ‘विश्वको सबैभन्दा उत्पादक एजेन्ट’ को सम्मान दिएको छ । प्लेसिसको प्रयासको अर्थ आफू कार्यरत बीमा कम्पनीको लागी दैनिक कम्तीमा दुईवटा जोखिम सुरक्षाको बिक्री हो ।

भारतीय परिदृश्यलाई हेर्दा, सबैभन्दा ठूलो लाइफ प्लेयर, लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाका सर्वाधिक कमिशन आम्दानी गर्ने अभिकर्ता भरत पारेखमा भारु ४ करोड कमिशन कमाएको इतिहास छ।

त्यसोभए प्लेसिसको सफलताको रहस्य के हो ? २५ वर्षअघि बीमा व्यवसायमा लागेदेखि अहिलेसम्म १२ वटा मन्त्र बोकेर जीवन बिताइरहेका छन् ।

दक्षिण अफ्रिकाकाे केप टाउन निवासी, प्लेसिसले आफ्नो हप्ता सोमबार बिहान ५:३० बजेदेखि शुरु गर्छन्। उनी दक्षिण अफ्रिकाका विभिन्न भागहरूमा आफ्ना ग्राहकहरूलाई भेट्न २ हजार किलोमिटर उडान गर्छन् । १७ घण्टा खटिन्छन् । अफिस डेस्कहरू वा ग्राहकहरूको घरमा एक कप चियामा व्यापार गर्दै, कम्तिमा छ देखि आठजनालाई भेटछन्। र त्यसपछि गल्फ खेल्दै सप्ताहन्तमा आराम गर्छन्।

तर प्लेसिसलाई सोध्नुहोस् कि उनले बीमा कसरी बेच्छन् ? उनी मुस्कुराउँदै प्रतिकृया दिन्छन् , म कहिल्यै पनि बीमा बेच्दिन । यस्तो जवाफ सुनेर अवाक हुनेहरू एकछिन मुखामुख गर्न नपाउँदै उनी प्रष्टयाउँदै भन्छन्, बीमा बेचेर तपाई कहिल्यै पनि सफल अभिकर्ता बन्न सक्नुहुन्न । भारतीय अखबार बिजनेस स्ट्यान्डर्डलाई केही वर्ष अघि दिएको विशेष अन्तर्वार्तामा उनले आफ्नो अनुभव सुनाउँदै भनेका छन्, यहाँ मानिसहरू बीमालेख होइन, मानिसले मानिसको विश्वास किन्छन्, भावना किन्छन् ।

बिमा किन्ने नभई बेचिने क्रम जारी छ । त्यसोभए विचार भनेको प्रश्नहरू र थप प्रश्नहरू सोध्नु हो, ग्राहकको बारेमा सबै जानकारी सङ्कलन गर्नुहोस् र त्यसपछि समाधानको साथ उनीहरू समक्ष उपस्थित हुनुहोस् । तपाईंले कहिल्यै कसैलाई केहि बेच्नुहुन्न, बरु उसको आवश्यकता पुरा गर्न विकल्पहरू सुझाउनुहुन्छ,सहजकर्ता बन्नुहुन्छ,प्लेसिसले भने।

व्यक्तिबारे विस्तृत जानकारी हासिल गर्नमा ध्यान दिनु महत्त्वपूर्ण छ। तपाईंको ग्राहकको जन्मदिनमा उपहार वा शुभकामना सन्देश दिन नचुक्नुहाेस् । विशिष्ट व्यक्तिहरूको निजी सचिवको टाढाका नातेदारको मृत्यु हुँदा समेत शोक व्यक्त गर्न नचुकाउनुहाेस्। व्यक्तिगत स्पर्श महत्त्वपूर्ण हुन्छ र दूरगामी प्रभाव पार्छ,उनले भारत भ्रमणमा रहेका बेला बीमा अभिकर्तालाई सल्लाह दिएका थिए।

१० वर्षको उमेरदेखि, प्लेसिस आफ्नो बोली बेचेरै पैसा कमाउन चाहन्थे। शिक्षक बन्ने लक्ष्य राख्दै, तर अंग्रेजीमा असफल भएपछि, प्लेसिसले निर्णय गरे कि बिक्रेता बन्ने,जसमा उनको प्रतिभा छ। प्लेसिसको पेशागत यात्रा हुलाकीको रूपमा सुरु भयो, त्यसपछि बीमालेख बिक्री गर्न गोठहरू तिर गए । बैंक क्लर्क समेत बने । पछि ओल्ड म्युचुअल बीमा कम्पनीले उनलाई बीमालेख बिक्री गर्न आबद्ध गरायो । त्यसयता प्लेसिसले कहिल्यै पछाडि फर्केर हेरेका छैनन् ।

प्लेसिसले उच्च आम्दानी भएका व्यक्तिलाई मात्र लक्षित गर्दैनन्। बरु, उनका ६० प्रतिशत ग्राहक मध्यम वर्गका छन् ।

प्लेसिसले बाँडेका सफलताका मन्त्रहरूः

  • दैनिक कम्तिमा ६ देखि ८ जना व्यक्तिहरू भेट्नुहोस् ।
  • बेच्नु भनेको भन्नु होइनस् धेरै प्रश्नहरू सोध्नुहोस् र ती प्रश्रसँगै आउने समस्याको समाधानको साथ पुनस् भेटघाट गर्न जानुहोस्।
  • सम्बन्धित व्यक्तिबारे प्रशस्त जानकारी संकलन गर्नुहोस् ।
  • जीवनमा सुशिल स्वभावको बन्नुहोस् ।
  • आफ्नो मातहतमा अरूलाई पनि अभिकर्ता बनाएर खटाउनुहोस् ।
  • मानिसले मानिसको विश्वास किन्छन्, बीमालेख होइन ।
  • आफूलाई विषयवस्तुको बारेमा उचितरूपमा शिक्षित गर्नुहोस् ।
  • समय व्यवस्थापन गर्नुहोस् ।
  • आफूले चाहेको कुरा प्राप्त गर्नको लागि जाँगरिलो बन्नुहोस् ।
  • हात्तीले टोक्दैन, लामखुट्टेले टोक्छ भन्ने विचार गर्नुहोस् ।
  • इच्छा शक्ति बलियो बनाउनुहोस् ।
  • आफूलाई सधैं उत्साहित राख्नुहोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%

खुसी

7%

दु :खी

12%

अचम्मित

23%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS