IME Life
Beema Board

रिलायन्स लाइफको विराटनगर शाखाद्धारा ३ लाख ३३ हजार मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

विराटनगर । रिलायन्स लाइफ इन्स्योरेन्सको विराटनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले आज बिहीबार एक कार्यक्रमको आयोजना गरी मृतक कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ती सीमादेवी शर्मा सुतिहारलाई उक्त दाबी वापतको रकम दिएको हो ।

मोरङ जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्सोरेन्सका प्रदेश प्रमुख क्षितिज घिमिरे र विराटनगर शाखा प्रमुख परमा काफ्ले संयुक्त रुपमा बीमा वापतको ३ लाख र वोनशबापत ३३ हजार रुपैयाँसहित ३ लाख ३३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

मृतक कृत्यानन्द शर्मा सुतिहारले ४ वर्षको ४ किस्ता रकमबापत ७२ हजार रुपैयाँ भुक्तानी गरेका थिए । उनले ३ लाख रुपैयाँको बीमा गरेका कारण बिमकको मृत्यु पश्चात विमा दाबीबापत विमाङ्क रकम ३ लाख र बोनस ३३ हजार रुपैयाँ भुक्तानी गरिएको रिलायन्स लाइफ इन्सोरेन्स प्रदेश १ का प्रमुख क्षितिज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार वित्तीय शुशासन राम्रो भएको बीमा कम्पनी भएकाले रिलायन्सले समयमै दाबी रकम भुक्तानी गर्दै आएको छ । मृत्यु दाबी भुक्तानी कार्यक्रममा चिफ एजेन्सी म्यानेजर नवराज निरौला,कृष्ण मास्के, एजेन्सि म्यानेजर बुद्धदेव यादव, सोनु केवट, वडाका जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS