IME Life
Beema Board

लाभांश पारित गर्न गुराँस लाइफले बोलायो १२औं साधारण सभा, मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कार्तिक ४ गते आफ्नो १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा हुनेछ । सभा विहान ११ बजे भौतिक तथा जुम मार्फत हुने जनाएको छ ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण र त्यस सम्बन्धीका अनुसूचिहरु छलफल गरी पारीत गर्ने,लेखापरीक्षण समितीको सिफारिसमा संचालक समितिबाट र कम्पनी रजिष्ट्ररको कार्यालयबाट २०६७/ ७७ को लागि नियुक्त भएका सिए विनय प्रकाश श्रेष्ठ र केएएस एसोसिएट आक्यान नियुक्ति र पारीश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिाक वर्ष २०७७ /७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले यस कम्पनी यूनियन लाइफ, प्राइम लाइफ एक आपसमा गाभ्ने गाभिने सम्बन्धयमा मर्जर समितिबाट पेश हुन आएकोमा प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने र मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गर्नेछ ।

सभाले मर्जरको सम्बन्धमा शेयर कारोबार रोक्काका लागि पत्रचार गर्ने, कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति गर्ने र उनीहरुको पारीश्रमिक निर्धाण गर्ने, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी कम्पनी एक आपसमा भाभ्ने गाभिने सम्बन्धमा सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्तावलाई अनुमोदन गर्नेछ ।

त्यस्तै, बोनश शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी, जारी पूँजीमा हुने बृद्धिलाई सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली प्रस्ताव भए बमोजिम बीमा समितिबाट केही थपघट तथा हेरफेर गर्नुपर्ने प्रस्ताव आएमा सो सम्बन्धी थपघट गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS