IME Life
Beema Board

मर्जरमा जान लागेका कुमारी र एनसीसीलाई दाँजेर हेर्दा ! मर्जर पश्चात कस्तो बन्ने छ बैंक ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंक बिचमा एक बराबर एकको अनुपातमा मर्ज गर्ने सहमति भएको छ । मर्जर पछि बैंकको नाम कुमारी बैंक हुनेछ ।

मर्जर पश्चात वित्तीय रुपमा कस्तो देखिने छ कम्पनी :

Prabhu
Crest

चुक्ता पुँजी :
कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रहेको छ भने एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रहेको छ । एक बराबर एकको स्वापमा मर्जरमा जाने कुरासँगै मर्जर पश्चात बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुने छ ।

जगेडा कोष :
शेयर प्रिमियम, संचित नाफा र जगेडा कोषलाई जोडेर हेर्दा कुमारी बैंकको जगेडामा ६ अर्ब ४७ करोड  रहेको छ भने एनसीसी बैंकको जगेडामा ५ अर्ब ३२ करोड रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीको जगेडामा ११ अर्ब ७९ करोड संचित हुने छ।

शेयरधनी कोष :
कुमारी बैंकको शेयरधनी कोषमा २१ अर्ब १८ करोड रहेको छ भने एनसीसी बैंकको शेयरधनी कोषमा १६ अर्ब ४६ करोड छ । मर्जर पश्चात बन्ने कम्पनीको शेयरधनी कोषमा ३७ अर्ब ६४ करोड हुने छ ।

खुद नाफा :
कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड नाफा कमाउँदा एनसीसी बैंकले २ अर्ब २ करोड नाफा कमाएको थियो ।

प्रति शेयर आम्दानी :
कुमारी बैंकको वार्षिक प्रति शेयर आम्दानी १९ रुपैयाँ २७ पैसा हुँदा एनसीसी बैंकको १८ रुपैयाँ १५ पैसा छ ।

किताबी मूल्य :
कुमारी बैंकको प्रति शेयर नेट्वर्थ १४४ रुपैयाँ हुँदा एनसीसी बैंकको १४७ रुपैयाँ माथि छ।

बजार मूल्य : मर्जर हुनु अघि कुमारी बैंकको बजार मूल्य १८६ रुपैयाँ हुँदा एनसीसी बैंकको १८४ रुपैयाँ थियो  । एक बराबर एक स्वापको कारणले गर्दा दुवै शेयरधनीलाई खासै ठूलो फरक परेन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS